संक्षिप्त परिचय

इतिहास

बाइसे चौविसे राज्यकालमा दुल्लू राज्यको राजधानीको रुपमा चर्चित दुल्लू खस राजा नागराजको शितकालिन राजधानी रहेको कुरा ऐतिहासिक वर्णनहरुमा उल्लेख गरिएको पाइन्छ । विभिन्न शिलालेखहरुमा यस ठाउँलाई दुर्लभप्रदेश, दुर्लङ्घ्य नगर भनेर उल्लेख भएको छ तथापी यसको नामाकरणको सम्बन्धमा कुनै ठोस प्रमाण नभेटिएतापनि बालेश्वर शिवालय र धुलेश्वर पर्वतको वीचमा रहेको नागदुलोको नामका कारण यो क्षेत्रको नाम दुलो भएको र पछी अपभ्रंस हुदै दुल्लू रहेको कुरा स्थानीय जनश्रुतीमा रहेको पाइन्छ ।

नेपाल एकिकरणको क्रममा राजा उत्तम शाहीका पालामा विक्रम संवत १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ भएतापनि वि.सं. २०१८ सम्म यो छुट्टै राज्यको रुपमा रहेकै थियो । ततपश्चत दुल्लू राज्य विघठन भएर दैलेख जिल्लामा गाभिएको थियो । तत्पश्चात दुल्लू राज्यका सबै दराहरुलाई बाँडेर तत्कालिन गाउँ पञ्चायत बनाइएका थिए । पछिल्लो समय सम्म एक सानो गाउँ विकास समितिको रुपमा रहेको दुल्लूमा आसपासका ६ वटा गा.वि.स हरु (दुल्लू, नेपा, नाउलेकटुवाल, पादुका, बडलम्जी र छिउडीपुसाकोट) लाई समायोजन गरी वि.सं. २०७१ बैसाख २५ गत्ते दुल्लू नगरपालिका घोषणा भई २०७१ जेष्ठ ५ गते विधिवत रुपमा स्थापना गरिएको हो ।

भौगोलिक अवस्थिति

                विकास क्षेत्र : मध्यपश्चिमाञ्चल

                अञ्चल : भेरी

                जिल्ला : दैलेख

समायोजित गा.वि.स.हरु : दुल्लू, नेपा, नाउलेकटुवाल, पादुका, बडलम्जी र छिउडीपुसाकोट

वडा संख्या : १०

वडा विभाजन :

वडा नं. १ : साविक नाउलेकटुवाल गा.वि.स.का वडा नं. ३, ६, ७, ८ र ९

वडा नं.२ : साविक नाउलेकटुवाल गा.वि.स.का वडा नं. १, २, ४, ५ र  साविक नेपा गा.वि.स.को वडा नं. ९

वडा नं. ३ : साविक नेपा गा.वि.स. का वडा नं. २, ४, ५, ६, ७, ८

वडा नं. ४ :साविक नेपा गा.वि.स.का वडा नं. १, ३ पादुका गा.वि.स.का वडा नं. ८,९ र  दुल्लु गा.वि.स.का वडा नं. ७ र ९

वडा नं. ५ : साविक दुल्लु गा.वि.स.का वडा नं. ६, ८ र छिउडीपुसाकोट गा.वि.स.का वडा नं. ६, ७, ८, ९

वडा नं. ६ : साविक छिउडीपुसाकोट गा.वि.स.का वडा नं. १, २, ३, ४ र ५

वडा नं. ७ : साविक पादुका गा.वि.स.का वडा नं. ६,७ र दुल्लु गा.वि.स.का वडा नं. १, ५

वडा नं. ८ : साविक पादुका गाविसको वडा नं. ५ दुल्लु गाविसका वडा नं. २, ३, ४ र  वडलम्जी गाविसका वडा नंं. १, ८ र ९

वडा नं. ९ : साविक पादुका गाविसका वडा नं. १, २, ३, ४

वडा नं. १० : साविक वडलम्जी गाविसका वडा नं. २, ३, ४, ५, ६, ७

सिमाना :

पूर्व : वाँसी, रावतकोट, गमौडी र कालभैरव गा.वि.स

पश्चिम : कर्णाली नदी (सो पारी अछाम जिल्ला)

उत्तर : लयाटीविन्द्रासैनी, जम्बुकाँघ र चामुण्डा गा.वि.स

दक्षिण : खड्कावाडा र मालिका गा.वि.स.

अक्षांश : २८ डिग्री ४६ मिनेट ४७ सेकेण्ड उत्तरी अक्षांस

देशान्तर : ८१ डिग्री ३१ मिनेट २४ सेकेण्ड पूर्वी देशान्तर

समुन्द्र सतहदेखि उचाई :

न्युनतम : ५४४ मिटर (तल्लो डुङ्गेश्वर)

अधिकतम :

कुल क्षेत्रफल :

जनसंख्या : ३०४५७ (२०६८ को जनगणना अनुसार साविकका गा.वि.स.हरुको कुल जनसंख्या)

घरधुरी :   ५८६१